(१) विद्युत महशूल र अन्य दस्तूरहरु निर्धारण गर्नका लागि नेपाल सरकारले एउटा महशूल निर्धारण आयोग गठन गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको आयोगमा नेपाल सरकारको प्रतिनिधि, अर्थविज्ञ, विद्युतको उत्पादन, प्रसारण र वितरणकर्ता तथा ग्राहकहरु मध्येबाट कम्तीमा पाँचजना व्यक्तिहरु रहनेछन् ।
(३) उपदफा (१) बमोजिमको आयोगले विद्युत महशूल र अन्य दस्तुर निर्धारण गर्दा ह्रास कट्टी दर, उपयुक्त लाभ, संरचनाको सञ्चालन तरिका, उपभोक्ता मूल्य सूचीको परिवर्तन, रोयल्टी इत्यादीको आधारमा निर्धारण गर्नेछ ।
(४) अनुमतिपत्र प्राप्त व्यक्तिले उपदफा (३) बमोजिम निर्धारण भएको विद्युत महशूल र अन्य दस्तूर भन्दा बढी वा सो बहेक अन्य कुनै महशूल वा दस्तूर लिन पाउने छैन ।
(५) उपदफा (१) बमोजिमको आयोगले आफ्नो काम सम्पन्न गर्नका लागि सम्बन्धित कम्पनी, व्यक्ति, निकाय वा संस्थासित आवश्यक जानकारी एवं कागजपत्र माग्न सक्नेछ र सो दिनु निजहरुको कर्तव्य हुनेछ ।
(६) उपदफा (१) बमोजिमको विद्युत महशूल र अन्य दस्तूर निर्धारण गर्दा उपदफा (१) बमोजिमको आयोगले ग्राहकहरुको किसिम र किसिम अनुसारको महशूल निर्धारण गर्न सक्नेछ ।
(७) उपदफा (१) बमोजिम गठित आयोगको कार्यविधि तोकिए बमोजिम हुनेछ ।